Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


नेपाल मेडिकल कलेजद्वारा निःशुल्क दन्त शिविर

एक्सन खबर
फागुन, २०, २०७९


नेपाल मेडिकल कलेजद्वारा निःशुल्क दन्त शिविर

काठमाडाैं ,२० फागुन । नेपाल मेडिकल कलेज, कलेज अफ डेण्डल साइन्सेसले निःशुल्क दन्त शिविर गरेको छ। उत्तर बाहिनी बोर्डिङ्ग स्कुलको प्राङ्गणमा भएको उक्त शिविर गत फाल्गुन १७ गते भएकाे थियाे । शिविरमा १८४ जना विद्यार्थीको निःशुल्क दन्त परिक्षण गरिएको शिविरकी संयाेजक डा. अनुजा खापुङ्गले बताइन् ।

निःशुल्क दन्त शिविरमा डा. अनुजासँगै डा. मानशी श्रेष्ठ, डा. पुजा श्रेष्ठ, डा. करुणा श्रेष्ठ, डा. उत्कर्ष गौतम, डा. अविशा गुरुङ्ग र डेण्टल हाइजेनिष्ट सम्झना पोखरेलले विद्यार्थीहरूकाे दन्त परीक्षण गर्दै उनिहरूलाई कसरी दाँत स्वस्थ र सफा राख्ने सचेतना पनि दिएका थिए । शिविरमा ओरल चेकअप, ओरल हेल्थ शिक्षा, एक्स ट्रयाक्स अफ लस टुथको उपचार गरिएकाे र शिविरमा उपचार संभव नभएका विद्यार्थीलाई डेण्टल अस्पतालमा उपचारको लागि पठाईएको छ ।

नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्धिन अन्सारीले सामाजिक उत्तरदायित्व अन्तरगत गोकर्णेश्वर नगरवासीले गाउँघरमै स्वास्थ्य सेवा पाउन् भनेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे बताए । भविष्यमा विभिन्न स्कुल तथा कलेजसँग सहकार्य गरेर स्वास्थ्य शिविरहरु सञ्चालन गरिने बताए ।

पछिल्लाे समय कलेजमा विरगञ्जमा नेशनल मेडिकल कलेज सफल रूपमा चलाउँदै आएका अन्सारीकाे समुहले नेपाल मेडिकल कलेज लिएसँगै कलेजकाे स्वास्थ्य सेवामा स्तराेन्नति गरेकाे मात्र छैन, स्थानीय जनतालाई सवर्सुलभ सेवा प्रदान गर्न विभिन्न निकायहरूसँग सहकार्य गरेर अगाडी बढेकाे छ ।













0 प्रतिकृया