Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


कर्पोरेट डेभलपमेण्ड बैंककाे सञ्चालक समिति सदस्यमा अन्सारी निर्विराेध

एक्सन खबर
फागुन, २२, २०७९


कर्पोरेट डेभलपमेण्ड बैंककाे सञ्चालक समिति सदस्यमा अन्सारी निर्विराेध

विरगञ्ज, २२ फागुन । कर्पोरेट डेभलपमेण्ड बैंक लिमिटेड (सिडिविएल) को संस्थापक शेयरधनीको तर्फबाट बसरुद्धिन अन्सारी सर्वसम्मत निर्वाचित भएका छन् । बैंकको सञ्चालक समिति सदस्यको निर्वाचन कार्य तालिका अनुसार मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सक्रिय अन्सारी सञ्चालक समिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

बैंककाे आज सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट अन्सारी निर्विराेध निर्वाचित भएका हुन् । विरगञ्जमा प्रधान कार्यालय रहेको बैंकका डाइरेक्टरसमेत रहेका अन्सारीले सञ्चालक समितिको सदस्यमा निर्वाचित भइसकेपछि बैंकलाई अझ विस्तार गर्ने, व्यवसायीक सफलता दिलाउने बताए । बैंकको उद्देश्य प्राप्तिमा सकारात्मक भूमिका निर्वाह गर्दै सामाजिक उत्तदायित्व पनि निर्वाह गर्ने अन्सारीले प्रतिबद्धता जनाए ।

बोर्डको अध्यक्षमा डा. जैनुद्धिन अन्सारी रहेका छन् । उनी विरगञ्जमा समाजसेवी, शिक्षासेवी चिकित्साकर्मीका रुपमा परिचित छन् । बैंकमा उद्योगी, व्यवसायी, बैंकर, सेवानिवृत्त निजामती कर्मचारी, र पेशाकर्मीहरूको लगानी रहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त यो बैंक २०६४ सालमा वीरगन्जबाट व्यापारिक कारोबार सुरु गरेको थियो ।













0 प्रतिकृया