कर्पोरेट डेभलपमेण्ड बैंककाे सञ्चालक समिति सदस्यमा अन्सारी निर्विराेध
एक्सन खबर
विरगञ्ज, २२ फागुन । कर्पोरेट डेभलपमेण्ड बैंक लिमिटेड (सिडिविएल) को संस्थापक शेयरधनीको तर्फबाट बसरुद्धिन अन्सारी सर्वसम्मत निर्वाचित भएका छन् । बैंकको सञ्चालक समिति सदस्यको निर्वाचन कार्य तालिका अनुसार मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सक्रिय अन्सारी सञ्चालक समिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
बैंककाे आज सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट अन्सारी निर्विराेध निर्वाचित भएका हुन् । विरगञ्जमा प्रधान कार्यालय रहेको बैंकका डाइरेक्टरसमेत रहेका अन्सारीले सञ्चालक समितिको सदस्यमा निर्वाचित भइसकेपछि बैंकलाई अझ विस्तार गर्ने, व्यवसायीक सफलता दिलाउने बताए । बैंकको उद्देश्य प्राप्तिमा सकारात्मक भूमिका निर्वाह गर्दै सामाजिक उत्तदायित्व पनि निर्वाह गर्ने अन्सारीले प्रतिबद्धता जनाए ।
बोर्डको अध्यक्षमा डा. जैनुद्धिन अन्सारी रहेका छन् । उनी विरगञ्जमा समाजसेवी, शिक्षासेवी चिकित्साकर्मीका रुपमा परिचित छन् । बैंकमा उद्योगी, व्यवसायी, बैंकर, सेवानिवृत्त निजामती कर्मचारी, र पेशाकर्मीहरूको लगानी रहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त यो बैंक २०६४ सालमा वीरगन्जबाट व्यापारिक कारोबार सुरु गरेको थियो ।
0 प्रतिकृया