Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सुनसरीका सरकारी कार्यालयहरुमा होलीको राैनक

एक्सन खबर
फागुन, २२, २०७९


सुनसरीका सरकारी कार्यालयहरुमा होलीको राैनक

इनरूवा, २२ फागुन । तराईमा भोलि मनाइने होली पर्वको पुर्वसन्ध्यामा सुनसरीका सरकारी कार्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरि होलि पर्वको सुरुवात गरेका छन् । सुनसरीको भोक्राहा नर्सिङ गाउँपलिकाले हाेली पर्वकाे पुर्वसन्ध्यामा हाेली मिलन शुभकामना आदानप्रदान गर्याे ।

उक्त कार्यक्रममा समाजका विभिन्न समुदायको सहभागिता रह्याे । तराईमा होलीको अवसरमा गरिने जोगिरा सँगै किर्तन समेतको आयोजना गरि गाउँपालिकाले होली मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा मुस्लिम समुदाय समेतको बाक्लो उपस्तिथि रहेको थियो । साे अवसरमा गाउँपालिका अध्यक्ष अज्मल अख्तर आजाद्ले विभिन्न रंगहरूकाे मिश्रण पछि देखिने रंगिन रंग जस्तै समाजमा सबै समुदाय एकबद्ध भएर बस्दा असल समाजको निर्माण हुने बताए । हरेक धर्म, जाति र समुदायकाे चाडपर्वहरूकाे विशेष महत्व रहने बताउँदै उनले होली पर्वले समाजमा एकता, भातृत्व र मित्रता र आपसी भाईचारा बाँड्ने विस्वास व्यक्त गरे ।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले समाजमा भाईचारा र मेलमिलापको माहाैल सृजनाका निम्ति होली पर्वको महत्वपुर्ण अर्थ रहेकाे बताउँदै हाेली पर्वलाई मेलमिलापको अवसरका रुपमा मनाउन अनुराेध गरे ।

हाेलीकाे अवसरमा सुनसरीका अन्य सरकारी कार्यालयहरूमा पनि शुभकामना आदान प्रदान गरिरहेका छन् । हाेलीकै कारण सरकारी कार्यालयहरूमा सेवाग्राहीकाे भिड कम छ । सुनसरी प्रमुख जिल्ला अधिकारी हाेमकला पाण्डेले हाेलीकाे दिन जिल्लामा कुनैपनि अवान्छित गतिविधि नगरी, सभ्य र सूसंस्कृत ढंगले हाेली मनाउन अनुराेध गरेकी छिन् ।













0 प्रतिकृया