Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


नेपाल इन्जिनियरिङ कलेजमा मनाइयो ८ मार्च

एक्सन खबर
फागुन, २४, २०७९


नेपाल इन्जिनियरिङ कलेजमा मनाइयो ८ मार्च

काठमाडौं, २४ फागुन । ११३ औं अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा देशभर विभिन्न कार्यक्रमहरु भइरहँदा सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजले पनि ८ मार्च मनाएको छ ।

कलेजमा कार्यरत महिला प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले ८ मार्च मनाएका हुन् । सो अवसरमा एकापसमा शुभकामना साटासाट मात्र गरिएन बृक्षरोपण पनि गरिएको छ । सो अवसरमा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ, भाइस प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी लगायत शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

८ मार्च कै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राजधानीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथी बनाएर विशेष कार्यक्रम गर्यो । मन्त्रालयका सचिव डिल्लीराम शर्मा सहितको जम्बोटोली संयुक्त राष्ट्र संघको मुख्यालयमा ६७ औं एिसडब्लूमा भाग लिन गएका छन् ।

यस्तै, महिला अधिकारवादी संघ, संगठन, राजनीतिक दल, एनजिओ, आइएनजिओ लगायतले विविध कार्यक्रमहरु गरिरहेका छन् ।













0 प्रतिकृया