देशकालागि सबै दलहरू एक ठाउँमा उभिनुपर्छः सुवास नेम्वाङ
एक्सन खबर
काठमाडाैं, २५ फागुन । संघीय संसद भवनमा भइरहेकाे राष्ट्रपति निर्वाचनका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताका अगाडि ठूलो चुनौती रहेको जनाउँदै सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचन सुरु हुनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले देश र जनताका अगाडि ठूलो चुनौती रहेको बताउँदै आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गर्ने बताए । ‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’ नेम्वाङले भने ।
यस्तै, नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत भएको टिप्पणी गरे । ‘उहाँहरूको निर्णय जे सुकै भएपनि म सम्मान गर्छु । तर, यो अलिक ठीक भएन भन्ने मलाई लागेको छ,’ उनले भने ।
0 प्रतिकृया