Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


१० दलीय गठबन्धन महिला विरोधीः केपी शर्मा ओली

एक्सन खबर
फागुन, २७, २०७९


१० दलीय गठबन्धन महिला विरोधीः केपी शर्मा ओली

काठमाडौं, २७ फागुन । १० दलीय गठबन्धन महिला विरोधी भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  जिकीर गरेका छन् । अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री ओलीले संविधानमै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने व्यवस्था भएको भन्दै १० दलीय गठबन्धन महिला विरोधी रहेको जिकीर गरेका हुन् ।

१० दलीय गठबन्धन जालझेल गर्न खोजिरहेकाे बताउँदै उनले भने–‘१० दलीय गठबन्धन महिला विरोधी छ । गठबन्धनले कानुन छलेर साझा उम्मेदवार नमिलाईकन दिदैंछन् । मर्म अर्को समुदायसँग होइन। पुरुष हुन्छ भने महिला र महिला हुन्छ भने पुरुष हुन सक्नुपर्थ्यो, तर, संविधानमा स्पष्ट व्यवस्था भएन । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिन्छ ।’

ओलीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र सबै पालिकामा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनुपर्ने प्रबन्ध गरेकाे र सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने व्यवस्था रहेकाे स्मरण गराए ।














0 प्रतिकृया