सकियो राष्ट्रपति भण्डारीको कार्यकाल, निजी निवासमा साेमबार सर्ने
एक्सन खबर
काठमाडौं, २८ फागुन । नेपालकाे पहिलाे महिला राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवास छाड्नु पर्ने भएकाे छ । आजबाट कार्यकाल सकिएसँगै उनी निजी निवास जानुपर्ने भएकाे हाे । फागुन २५ गते नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले बर्तमान राष्ट्रपति भण्डारीकाे कार्यकाल समाप्त भएकाे छ ।
राष्ट्रपति भण्डारी साेमबार शीतलनिवासबाट बूढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । भण्डारी २०७२ कात्तिक ११ गते पहिलाेपटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते पुनः निर्वाचित भएकी उनी शितल निवासबाट बाहिरिने भएकी हुन् ।
राष्ट्रपति भण्डारीको बुढानिलकण्ठ स्थित निजी निवासमा मर्मत सम्भार चलिरहेको छ ।
भाेली सोमबार नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।
0 प्रतिकृया