Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


उपराष्ट्रपति उम्मेदवारकाे अन्तिम नामावली आज

एक्सन खबर
फागुन, २८, २०७९


उपराष्ट्रपति उम्मेदवारकाे अन्तिम नामावली आज

काठमाडौं, २८ फागुन । निर्वाचन अधिकृतको कार्यालयले चैत्र ३ गते गर्ने  उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।

आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ जना र नेकपा एमालेबाट एक जना गरी जम्मा चार जनाले हिजाे शनिबार उम्मेदवारी दर्ता गरेका छन् ।

उपराष्ट्रपति पदका लागि गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाइ उम्मेदवार बनाएकाे छ ।

जसपाका रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् । राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने जिकीर छ ।

उजुरी उपर जाँचबुझ गरी १२ बजेभित्र निर्णय गर्ने, नामावली फिर्ताको समय दिने र पाँच बजेभित्र अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । यसै सम्बन्धमा आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा कानुन व्यवसायीहरुले ध्यानाकर्षण पत्रसमेत बुझाउने भनेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनुपर्ने संवैधानिक प्रावधान रहेको एमाले र जनमत पार्टीको दावी रहेकाे छ ।













0 प्रतिकृया