Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


काभ्रेको तिनपिप्लेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २८, २०७९


काभ्रेको तिनपिप्लेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २८ फागुन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको तिनपिप्लेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले आज पनौती नगरपालिका वडा नं. ५ सँग सहकार्यमा तिनपिल्लेमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ९२५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, ११३ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ९ जनाको दाँत खोलिँदा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले गाउँगाउँमा गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिकसँगै गरिब विपन्न वर्गका समुदाय बढी लाभान्वित भइरहेका छन् । स्वास्थ्य शिविरमा केएमसीका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सांसद डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनताको घरघर पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । डा. शर्मा संसदमा निर्वाचित भएर गएपनि केएमसीले निःशुल्क स्वास्थ्य अभियानलाई निरन्तरता दिँदै आइरहेको छ ।


















0 प्रतिकृया