राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीकाे विदाई (फाेटाे फिचर)
एक्सन खबर
काठमाडौं, २९ फागुन । शितल निवासमा आयोजित शपथ समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरे । भण्डारीलाई नेपाली सेनाबाट २१ तोपको सलामी दिएर बिदाइ गरिएको छ ।
उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने छिन् । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन् ।
0 प्रतिकृया