Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


पीएनजी विरूद्ध नेपाल ९ विकेटले विजयी (फाेटाे फिचर सहित)

एक्सन खबर
फागुन, २९, २०७९


पीएनजी विरूद्ध नेपाल ९ विकेटले विजयी (फाेटाे फिचर सहित)

काठमाडौं, २९ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्ध शानदार जीत निकालेकाे छ । पीएनजीविरुद्ध नेपाल ९ विकेटको फराकिलो अन्तरले विजयी भएकाे हाे ।

त्रिवि क्रिकेट मैदानमा जारी श्रृंखलामा नेपाली बलर सामु पिएनजीका व्याट्सम्यानहरू निरीह बने । ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्दा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो ।

कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे । कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट हुँदा नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए ।

सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै पाँच विकेट पूरा गरे ।

नेपाललाई स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । हिरि हिरि सोमपाल कामीको बलमा १४ रनमा क्याच आउट हुँदा २२ बलमा २ चौका प्रहार गरे । हिरि थर्डम्यानमा करण केसीबाट क्याच आउट भए ।

नेपाललाई तेस्रो सफलता सन्दीपले दिलाउने क्रममा १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । २८ बल खेलेका बाउले ३ चौका प्रहार गरे । सन्दीपको २० औं ओभरको पहिलो बलमा कप्तान असद भाला डिप स्क्वायर लेगमा ललितनारायण राजवंशीबाट २० रनमा क्याच आउट भए । उनले ३१ बलमा २ चौका प्रहार गरे ।

पाँचौं सफलता ललितनारायण राजवंशीले दिलाउँदा राइली हेकुरे चार रनमा कट एण्ड बोल्ड आउट भए । कुशल मल्लले २७ औं ओभरमा नर्मन भानुवालाई शून्यमा क्याच गराए । चाल्स अमिनी २८ बलमा १ चौकासहित १७ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए । भने उनले हिला भारेलाई ७ रनमा बोल्ड गरे ।

ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकेट लिन सफल भए ।

लिग टू को अन्तिम शृंखलामा लगातार तीन खेल जितेपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । नेपालले आइतबार मात्र यूएईलाई हराउँदै ओडीआई मान्यता कायम राखिसकेको छ । भने, अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्न बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनु पर्नेछ । लयमा रहेको नेपालले लिग टू को अन्तिम शृंखलामा ११ मध्ये १० खेल जित हासिल गरिसकेकाे छ ।





















0 प्रतिकृया