सुवासचन्द्र नेम्वाङ संसदीय दलकाे उपनेतामा मनाेनीत
एक्सन खबर
काठमाडाैं, २९ फागुन । एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ । सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन् ।
ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए । नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।
प्रमुख सचेतक गिरी पूर्वस्वास्थ्यमन्त्री हुन् । बर्तौला पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन् ।
0 प्रतिकृया