Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


ललितपुरको अग्नीशालामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
फागुन, २९, २०७९


ललितपुरको अग्नीशालामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २९ फागुन । काठमाडौं मेडिकल कलेजले ललितपुरको अग्नीशालामा निःशुल्क स्वास्थ्य शिविरसञ्चालन गरेको छ । सिनामंगल स्थित केएमसीले लाइफलाइन होम केयरसँगको सहकार्यमा ललितपुर महानगरपालिका वार्ड नं. १९ को कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर राखेको हो ।

उक्त स्वास्थ्य शिविरमा ६५३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार स्वास्थ्य शिविरमा ५५ जनाको इसिजी, १०२ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, सात जनाँको दाँत खोलिएको तथा १७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।

शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, नसा तथा हाडजोर्नी र जनरल मेडिसिन सम्बन्धी विषयमा केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले राजधानी उपत्यकासँगै देशका विभिन्न क्षेत्रमा गर्दै आएको निःशुल्क स्वास्थ्य परीक्षणबाट हज्जारौं सर्वसाधारण लाभान्वित भइरहेका छन् ।

केएमसीको स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउने र स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्ने हेतूले तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।















0 प्रतिकृया