Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


एशिया प्यासिफिक एड्भान्स नेटवर्कको अन्तराष्ट्रिय सम्मेलन सुरु

एक्सन खबर
चैत, १, २०७९


एशिया प्यासिफिक एड्भान्स नेटवर्कको अन्तराष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, ३० फागुन । सञ्चार सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको मात्र हैन प्रविधिमा कामगर्ने संघ संस्था, बिश्वबिद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउनु पर्ने बताएकी छन् ।

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राज्यको मात्र हैन प्रविधिमा काम गर्ने संघ संस्था, बिश्वबिद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तर बनाउन र सर्वसाधारणको पहुँचमा पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर लगानी बढाउनु पर्नेमा जाेड दिइन् ।

प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको बताउदै मन्त्रि शर्माले डिजिटल डिभाइडको खाडललाई कम गर्न जाेड दिनुपर्ने बताइन् ।

डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त,  आईसीटी क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिइएको बताउँदै अनुसन्धान आविष्कार र विकासको मेरुदण्ड रहेको मन्त्रि शर्माले बताइन्  । हाम्रो सही नीति, रणनीति र लगानीले नेपाल आविष्कारको हब र आईसीटी क्षेत्रमा अग्रणी बन्न सक्नेछ । मन्त्री शर्माले भनिन् ।

कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब डा. प्रमिलादेबी बज्राचार्यले नेपालमा बिज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउँदै यस्ता कार्यक्रम मार्फत सरकारले अन्तरास्ट्रिय बिज्ञहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताइन् ।

एपानका अध्यक्ष जीलोङ वांङले नेपालले पहिलो पटक गरेको कार्यक्रमको प्रसंशा गर्दै नेपाल सरकारसँगको सहकार्यले बैज्ञानिक अनुसन्धान र अन्तरास्ट्रिय समुदाय बीचको सहकार्यलाइ थप सबल बनाउने बताए ।

सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको सस्था एनरेनले आयोजना गरेको एपान कार्यक्रम नेपालमा पहिलो पटक आयोजना भएको हो । विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले जानकारी दिए ।

एपानको ५५औ सम्मेलन फागुन २९ गतेदेखि सञ्चालन भैरहेको छ । पाँच दिन सम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढि सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा वढि प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभीन्न क्षेत्रहरुमा केन्द्रीत रहि प्रस्तुती हुनेछ । यस सम्मेलनमा दुईजना नेपाली सहित ४ जना ब्यप्तिहरुले मुख्य बक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

उद्घाटन कार्यक्रममा बरिष्ठ जलबायु परिवर्तन बिज्ञ डा. अरुणभक्त श्रेष्ठ र हिमाल आरोही पुर्णिमा श्रेष्ठले कि नोट प्रस्तुति दिए । उनीहरुले जलबायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई कम गर्न सूचना तथा संचार प्रविधि क्षेत्रका बिज्ञहरुले पुरयौना सक्ने भूमिकाको सम्वन्धमा प्रकाश पारे ।

लामो समयको प्रयास पश्चात एपानको ५५ औं सम्मेलन नेपालमा ल्याउन सफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक डा. राजन पराजुलीले बताए । यस सम्मेलनले नेपालमा बैज्ञानिक अनुसन्धानको लागि आवश्यक पूर्वाधारका सम्वन्धमा साथै एसिया प्रशान्त क्षेत्रका देशहरुबिच बैज्ञानिक सहकार्यलाई सबल बनाउन भूमिका खेल्ने उनकाे भनाइ छ । यसैगरी राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गरेको छ । विश्वभर फैलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना भैरहेको  यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनले सूचना सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील सस्था र ब्यप्तिहरुलाई उत्साहित बनाएको छ । यसैगरी नेपालमा भैरहेको जलबायु परिवर्तनको असरलाइ विश्वसामु ध्यान केन्द्रीत गर्न सफल भएको छ ।

चैत्र ३ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरु विच बृहत छलफल हुनेछ ।

२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३५० भन्दा बढि प्रतिनिधिहरुको प्रत्यक्ष् उपस्थिति र २०० भन्दा बढि व्यतिहरु अनलाइनका माध्यमबाट पाँच दिन सम्म सहभागी हुनेछन् । नेपालमा पहिलोपटक भइरहेकाे सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने देखिन्छ ।














0 प्रतिकृया