Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रचण्ड नेतृत्वकाे सरकार ढाल्ने खेलमा कांग्रेस लाग्दैन: डा. शेखर

एक्सन खबर
चैत, १, २०७९


प्रचण्ड नेतृत्वकाे सरकार ढाल्ने खेलमा कांग्रेस लाग्दैन: डा. शेखर

काठमाडौँ, १ चैत्र । डा. शेखर कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा कांग्रेस नलाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता डा. काेइरालाले पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि उक्त कुरा बताएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस नलाग्ने बताउँदै डा. काेइरालाले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताए ।‘प्रचण्ड नेतृत्वकाे सरकार ढाल्ने खेलमा कांग्रेस लाग्दैन ।’ डा. शेखरले भने ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामा गठबन्धन सरकारमा भागबण्डा मिलाउन कला रहेको बताउँदै डा. शेखरले भने  ‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजीमा छ । प्रधानमन्त्रीजीमा पनि त्यो कला छ । कलाले गर्दा नै हुने हो । सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने बताइरहेका छन् ।













0 प्रतिकृया