Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


आइसिसी विश्वकप लिग २: नेपाललाई युइईले दियो विशाल लक्ष्य

एक्सन खबर
चैत, २, २०७९


आइसिसी विश्वकप लिग २: नेपाललाई युइईले दियो विशाल लक्ष्य

काठमाडौं, २ चैत्र । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपालले विशाल लक्ष्य पाएको छ । युएईसँग त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेरको नेपालले ३११ को लक्ष्य पाएको हो ।

एक दिवसीयमा नेपालले अहिलेसम्मकै विशाल लक्ष्य पाएको हो । युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० को योगफल कायम गर्दा आसिफ खानले किर्तिमानी शतक बनाए । त्यस्तै १३८ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै युइईका वृत्य अरविन्दले ९४ रन बनाए । ओपनर मोहम्मद वासिमले ६३ रन बनाए ।

खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा स्पेलमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ८० रनमा १ विकेट लिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर २७ रन दिए ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमा हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । उत्कृष्ट लयमा भएपनि युइईले विशाल योगफल बनाउँदा नेपाल दवावमा परेको छ ।



















0 प्रतिकृया