Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


लघुवित्त संस्थाहरुमा तालावन्दी गरेको घटनामा एमफामद्वारा भत्सर्ना

एक्सन खबर
चैत, २, २०७९


लघुवित्त संस्थाहरुमा तालावन्दी गरेको घटनामा एमफामद्वारा भत्सर्ना

काठमाडौं, २ चैत्र । माइक्रोफाइनान्स एशोसिएसन अफ नेपालले विभिन्न लघुवित्त वित्तीय संस्थाहरुका शाखाहरुमा केही अज्ञात समुहले  तालावन्दी गर्दै कर्मचारीहरु माथि हातपात गरेकोमा आपत्ति जनाउँदै उक्त घटनाको भत्सर्ना गरेको छ ।

एनफानले आज एक विज्ञप्ति जारी गर्दै चैत्र १ गते कास्की, सुनसरी, रुपन्देही, कपिलवस्तु, उदयपुर, मकवानपुर, विरेन्द्रनगरमा सुर्योदय वोमी, सबैको लघुवित्त, उन्नति सहकार्य, समता घरेलु, नयाँ सारथी, नेरुडे तथा कालिका लघुवित्तका शाखा कार्यालयहरुमा अज्ञात समुहले तालावन्दी गर्दै कर्मचारीहरु माथि हातपात गरेकोमा उक्त घटनाको भत्सर्ना गरेको हो ।

एमफामका अध्यक्ष जगतबहादुर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंकबाट स्कीकृत प्राप्त गरी सञ्चालनमा आएका लघुवित्त शाखाहरुमा तालावन्दी गरिनुमा राज्यको सुरक्षा प्रणालीमै प्रश्न उठेको समेत जनाइएको छ ।

‘वित्तीय पहुँच नपुगेका दुरदराजका गाउँहरुमा पुगि वित्तीय सेवा दिँदै ग्रामिण महिलाहरुको आत्मनिर्भरता र सशक्तिकरणका लागि काम गर्ने क्रममा बिभिन्न लघुवित्तमा जबरजस्त प्रवेश गरि हाम्रा कर्मचारीहरुलाई काम गर्न अवरोध गर्न खोज्नु अराजकताको पराकाष्टा हो । लोकतान्त्रिक मुलुकमा यसरी नेपाल राष्ट्र बैंकबाट स्कीकृत प्राप्त गरी सञ्चालनमा आएका लघुवित्त शाखाहरुमा तालावन्दी गरिनुमा राज्यको सुरक्षा प्रणालीमै प्रश्न उठेको छ ।’ यस्ता व्यक्तिहरुलाई कानुनी कारवाही गरि आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत जारी विज्ञप्तिमा भनिएको छ ।

लघुवित्त संस्थाहरुले नेपालको दुर दराजका गाउँहरुमा बैंकिङ पहुँच, महिला सशक्तिकरण र उद्यमशिलता विकास गरि गरिवी न्यूनिकरण गर्ने उद्देश्यका साथ लघुवित्त वित्तीय संस्थाहरु झण्डै ३ दशकदेखि औपचारिक रुपमा क्रियाशिल रहेको बताइएको छ ।

हेर्नुहोस विज्ञप्ति














0 प्रतिकृया