Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


बागमति प्रदेशको राजधानी हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, ३, २०७९


बागमति प्रदेशको राजधानी हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २ चैत्र । सिनागंगल स्थित काठमाडौं मेडिकल कलेजले बागमति प्रदेशको सदरमुकाम हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले बिहीबार हेटौडा बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

हेटौडा नगरपालिका वडा नं. ७ स्थित कार्यालयमा भएको स्वास्थ्य शिविरमा ९४२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १८२ जनाको भिडियो एक्सरे, १०३ जनाको ल्याब परीक्षण गरिएको छ । त्यस्तै शिविरमा आएका १७ जनाको दाँत खोलिएको तथा ५२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जनाए ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै केएमसीले गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं जनता लाभान्वित भइरहेका छन् । केएमसीको स्वास्थ्य सेवालाई जनताका घरघर पुर्याउँन तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क अभियानको थालनी गरेका हुन् । डा. शर्मा हाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि केएमसीको उनको अभियानलाई निरन्तरता दिइरहेको छ ।  














0 प्रतिकृया