Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


लघुवित्तको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा के छ ? (पूर्ण पाठसहित)

एक्सन खबर
चैत, ३, २०७९


लघुवित्तको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा के छ ? (पूर्ण पाठसहित)

काठमाडाैं, ३ चैत्र । नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरिएकाे छ । लघुवित्त वित्तीय संस्थाहरुले विभागमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा नेपाल राष्ट्र बैंकले निरीक्षण तथा सुपरिवेक्षण गरेपछि गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरिएकाे हाे ।

नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ को परिच्छेद ५ बमोजिम गैर–स्थलगत सुपरिवेक्षण गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

२०७९ असार मसान्तसम्ममा ६५ वटा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले बुद्वज्योती लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गरेपश्चात् बैंकको सुपरिवेक्षकीय दायराभित्र २०७९ पुस मसान्तसम्म ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।

उल्लेखित लघुवित्त वित्तीय संस्थाहरुले विभागमा पेश गरेको आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ को परिच्छेद ५ बमोजिम गैर–स्थलगत सुपरिवेक्षण गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरिएको जनाइएकाे छ ।

लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रोे त्रयमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ ।

समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको  प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः १६.५७ प्रतिशत र १५.६० प्रतिशतले बढेकोमा समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २.२३ प्रतिशतले र जोखिम भारित सम्पत्ति १.०७ प्रतिशतले बढेको जनाइएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा वृद्वि भएको पाइएको छ । २०७९ पुस मसान्तमा कुल लगानी रु. ९ अर्ब ३७ करोड पुगेको छ जुन २०७९ असार मसान्तको तुलनामा ५३.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल लगानी ३२.६१ प्रतिशतले घटेको थियो ।

लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७९ पुस मसान्तसम्म रु. ७ अर्व ६१ करोड राखेका छन् जुन रकम २०७९ असार मसान्तको तुलनामा ७०.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ३८.०१ प्रतिशतले घटेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानीमा उल्लेखनीय वृद्वि भएको देखिन्छ ।

२०७९ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी रु. ३ अर्ब ३९ करोड र ब्याज खर्च रु. १ अर्ब ९१ करोड रहेकोमा समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ह्रास आएको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु.७९ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रयमासको तुलनामा ४.२० प्रतिशतले कम हो ।













0 प्रतिकृया