स्ववियु निर्वाचनः कहाँ कसले जिते ?
एक्सन खबर
काठमाडौं, ५ चैत । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे मतपरिणाम आउन थालेकाे छ । काठमाडाैंकाे थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् ।
अनेरास्ववियुका प्रविन थापालाइ पराजित गर्दै उनी विजयी भएका हुन् । थापाले ३७६ मत पाउँदा अर्का प्रतिष्पर्धी अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन् ।
यस्तै, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भए । ८९४ मत ल्याएर उनी निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाए ।
गुल्मीकाे रुद्रवती बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अनिस पाठक निर्वाचित भएका छन् । पाठकले ८४ मत ल्याएर निर्वाचित भएको रुद्रावती बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत हेमन्त घिमिरेले बताए ।
सुनसरीकाे धरानमा रहेकाे त्रिवि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नविन श्रेष्ठ विजयी भएका छन् । उनले ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मन्दिप अधिकारीले २८८ मत पाए ।
यस्तै, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् । उनले ६६९ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत ल्याए ।
चितवनको माडी स्थित माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकट अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भए । चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरे ।
चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत ल्याए । आज सम्पन्न भएकाे स्ववियु निर्वाचनकाे मत परिणाम आउने क्रम रहेकाे छ ।
0 प्रतिकृया