चलचित्र कलाकार संघको अध्यक्षमा निरौला निर्वाचित
एक्सन खबर
काठमाडौं, ५ चैत्र । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । चलचित्र कलाकारहरूको छाता संगठनकाे शनिबार सम्पन्न १९औँ साधारणसभाबाट रेजिना उप्रेतीलाई पराजित गर्दै निराैला विजयी भएका हुन् ।
उनले उप्रेतीलाई २६ मतले पराजित गरे । उप्रेतीले २०९ मत पाउँदा निरौलाले २६८ मत प्राप्त गरे । ७ सय सदस्य रहेको संघको निर्वाचनमा कुल ४६८ मत खसेको थियो ।
संघको उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी निर्वाचित भए । महासचिवमा सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी निर्वाचित भए । कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाअध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएका छन् ।
संघकाे सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।
0 प्रतिकृया