प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै
एक्सन खबर
काठमाडाैं, ६ चैत्र ।प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेकाे छ । उनले सरकार गठन भएयता दाेश्राे पटक विश्वासकाे मत लिन लागेका हुन् ।
यसअघि गत पुस १० गते नेकपा एमालेकाे समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये २६८ ले प्रचण्डलाई मत दिँदा तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसकाे मत थियाे ।
एमालेसँग सभामुख र राष्ट्रपतिकाे सहमति गर्दै सत्तामा पुगेका प्रचण्डले त्यसपछि भने कांग्रेससँग गठबन्धन गर्दै सर्वदलीय राष्ट्रपति हुनुपर्ने बताउँदै एमालेसँगकाे पूर्व सहमति ताेडेकाेमा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले दाेश्राे पटक विश्वासकाे मत लिन लागेका हुन् ।
संसदमा नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मत वाहेक माओवादी केन्द्र, नेपाली कांग्रेस, रास्वपा, जसपा, लाेसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, जनमाेर्चा लगायत केही स्वतन्त्र सांसदले लाई विश्वासको मत पाउने निश्चित छ ।
0 प्रतिकृया