Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासकाे मत

एक्सन खबर
चैत, ६, २०७९


प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासकाे मत

काठमाडौं, ६ चैत्र । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासकाे मत छ भन्ने पक्षमा १७२ सांसदले मत दिए ।

प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाउँदा ८९ सांसदले भने प्रस्तावको विपक्षमा मत दिए । मतदानमा सहभागी २६२ सांसद मध्ये एक जना सांसदले मत दिएनन् ।

पुस १० गते नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्दै पुस २६ मा विश्वासको मत लिएका प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए । प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । यसअघि पुस २६ मा प्रचण्डले विश्वासको मत लिँदा २६८ जना सांसदको समर्थन पाएका थिए ।













0 प्रतिकृया