Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


प्रधानमन्त्रीले बैंक, वित्तीय संस्थाका समस्या समाधान गर्न बृहत समीक्षा बाेलाउने

एक्सन खबर
चैत, ६, २०७९


प्रधानमन्त्रीले बैंक, वित्तीय संस्थाका समस्या समाधान गर्न बृहत समीक्षा बाेलाउने

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।

‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो । तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन् ।’ प्रचण्डले भने । सहकारीहरूमा पनि समस्या देखिएकाे बताउँदै उनले बैंक, लघुवित्त र सहकारीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी रहेकाे जिकीर गरे ।

बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक रहेकाे भन्दै प्रधानमन्त्रीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न गर्नुपर्नेमा जाेड दिए । ‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं ।’ उनले भने ।

बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।













0 प्रतिकृया