Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


एनएमसीद्वारा विश्व मुख स्वास्थ्य दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण

एक्सन खबर
चैत, ६, २०७९


एनएमसीद्वारा विश्व मुख स्वास्थ्य दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण

पर्सा, ६ चैत्र । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विरगञ्ज स्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले निःशुल्क मुख तथा दाँतको निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत डेण्टल कलेज परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको हो ।

स्वास्थ्य जाँच परीक्षणको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुदीन अन्सारीले मुख तथा दाँतको राम्रो हेरचाह नगरे जटिल समस्याहरु आउने बताउँदै समग्र स्वास्थ्य सुरक्षाको लागि मुख र दाँतको सरसफाई र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

मुख, दाँत र मुखको भित्री भागको सरसफाई नियमित गर्नुपर्ने, खैनी, चुरोट, पराग, पान सुपारी जस्ता हानिकारक पदार्थको सेवन गर्न नहुने, त्यसबाट मुख, गिजाको क्यान्सर समेत हुनसक्ने भएकाले त्यस्ता वस्तुहरु सेवन गर्न नहुने बताइएको छ ।

सो अवसरमा कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी,  प्रिन्सिपल डा.  के. एन. सिंह, एकेडेमी डाइरेक्टर डा. नुसरत जहान अन्सारी, मार्केटिङ्ग डाइरेक्टर सहनवाज अन्सारी, दाँत तथा मुख विभागका विशेषज्ञ डा. कुसल कुमार सिंह,  डा. सरोज देव लगायतको सहभागिता रहेको थियो ।

नेशनल मेडिकल कलेजले विभिन्न अवसर र दिवसका समयमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले जानकारी दिए । मधेश प्रदेशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा नेशनल मेडिकल कलेजको योगदान महत्वपूर्ण रहेको छ ।














0 प्रतिकृया