Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

एक्सन खबर
चैत, ६, २०७९


विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

काठमाडौं, ६ चैत्र । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा अत्तरखेल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । मुख तथा दाँतको सुरक्षा गरे धेरै रोगहरुबाट बच्न सकिन्छ भन्ने सचेतना फैलाउन कार्यक्रम गरिएको कलेजले जनाएको छ ।

कलेजमा विडिएसमा अध्ययनरत विद्यार्थी तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्योपचारका लागि आएका बिरामी तथा आगन्तुकहरुलाई मुखको क्यान्सर, दाँत तथा मुख सम्बन्धी रोगका बारेमा सचेतना दिए । साथै, दाँत कसरी सफा र स्वस्थ राख्ने, दाँत तथा गिजा स्वस्थ राख्न कस्ता खानोकुरा खाने र मुख तथा दाँतमा लाग्ने रोगहरुका बारेमा जानकारी दिएका थिए ।

सचेतना कार्यक्रममा आगन्तुकहरुलाई प्रत्येक ६ महिनामा दाँतको स्वास्थ्य परीक्षण गर्नुपर्ने, दाँतका किरा लागेको, दाँत खिइएको वा भाँच्चिएको अवस्थामा हेलचेक्राईं नगर्न पनि सुझाइएको छ ।

नेपालमा पछिल्लो समय दाँत तथा मुखको स्वास्थ्य सम्बन्धी उपचार गर्ने दक्ष चिकित्सकहरुको संख्या बढ्दो छ । देशका प्रमुख शहरहरुमा दन्तरोग विशेषज्ञ चिकित्सकहरु उपलब्ध छन् । नेपाल मेडिकल कलेजले दन्तरोग सम्बन्धी उपचार तथा पठनपाठनको लागि छुट्टै डेण्टल भवन नै निर्माण गरिरहेको छ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार नेपालमा दन्त चिकित्सा सेवा तर्फ ५ हजार १५४ डाक्टर दर्ता भएकामा चिकित्सा सेवामा तर्फ स्नातक तह (बिडिएस) अध्ययन गरेका ४ हजार ४१३ र स्नातकोत्तर तह एमडिएस वा सो भन्दा माथी अध्ययन गरेका ७४१ जना चिकित्सक रहेका छन् ।
























0 प्रतिकृया