Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी शुक्रबारबाट

एक्सन खबर
चैत, ६, २०७९


तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी शुक्रबारबाट

काठमाडाैं, ६ चैत्र । तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन गइरहेकाे छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. काे आयोजनामा हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।
 
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारी, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो ।

उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा सञ्चालन भएका उद्याेग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्याेगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने जनाइएकाे छ ।

‘सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ’, नेपाल फाईभ पि एक्स्पोका आयोजकले दावि गरेका छन् ।













0 प्रतिकृया