Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


काभ्रेको अनेकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, ८, २०७९


काभ्रेको अनेकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ८ चैत्र । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको अनेकोटका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा ६६२ जना बिरामी लाभान्वित भएका छन् । केएमसीले आज काभ्रेको पाँचखाल नगरपालिका र लायन्स क्लबसँगको सहकार्यमा अनेकोट कालिका माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।

स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १२९ जनाको ल्याब परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा ७ जनाको दाँत खोलिँदा २३ जनालाई थप उपचारार्थ ओ.टी. रेफर गरिएको छ ।

स्वास्थ्य शिविरमा केएमसीका चिकित्सकहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आम सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आवश्यक स्वास्थ्य परामर्श पनि दिएका थिए । स्वास्थ्य शिविरले सो क्षेत्रका विपन्न, गरिब नागरिक बढी लाभान्वित भएका छन् ।

आम नागरिकलाई केएमसीको स्वास्थ्य सेवाको जानकारी दिँदै विभिन्न कारणले स्वास्थ्य संस्थासम्म जान नसकेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने अभिप्रायले केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । केएमसीले विगत २ वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा राजधानी उपत्यकासँगै उपत्यका बाहिरका जिल्लाका जनताले पनि सेवा पाइरहेका छन् ।

तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई केएमसीले निरन्तर अगाडी बढाउने बताइएको छ ।
















0 प्रतिकृया