Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


त्रिदेशीय प्रधानमन्त्री कप फुटबलमा नेपालकाे विजयी सुरूवात

एक्सन खबर
चैत, ८, २०७९


त्रिदेशीय प्रधानमन्त्री कप फुटबलमा नेपालकाे विजयी सुरूवात

काठमाडौं, ८ चैत्र । दशरथ रंगशालामा बुधबारबाट सुरू भएकाे प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै सुखद् सुरुवात गरेको हो ।

अनन्त तामाङ र नवयुग श्रेष्ठकाे गाेल मार्फत नेपालले विजयी सुरूवात गरेकाे हाे । खेलकाे ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत सानदार गोल गर्दै नेपाललाई अग्रता दिलाउँदा ५६ औं मिनेटमा नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे ।

नवयुगले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार गोल गरेका थिए । खेलमा नेपालका नव प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले सनिश श्रेष्ठ, मणि लामा, सुमित श्रेष्ठ र दीपक राज सिंह ठकुरीलाई डेब्यू गराए ।

नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेल भुटानसँग मंगलबार खेल्नेछ । त्यसअघि भुटानले शनिबार लाओससँग प्रतिष्पर्धा गर्नेछ । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् ।

एन्फाका अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । यसका अलावा उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।














0 प्रतिकृया