Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय

एक्सन खबर
चैत, ९, २०७९


राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय

एजेन्सी । थरबारे गरेको टिप्पणीलाई लिएर राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय सुनाइएकाे छ । भारतीय  प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई जिल्ला अदालतले दुई वर्ष जेल सजाय सुनाएको हाे ।

सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाइएकाे जिकीर छ । जेल सजाय सुनाएसँगै राहुलकाे सांसद पद समेत धरापमा परेकाे छ ।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा राहुल गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए। गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए ।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेकाेमा उक्त सजाय सुनाएकाे हाे ।

सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ । गान्धीलाई सार्वजनिक रूपमा आफ्ना भनाइहरू राख्दा शिष्ट र मर्यादीत तवरले राख्न भारतीय सुप्रिम काेर्टले भनिसकेकाे छ ।













0 प्रतिकृया