Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


ललितपुरको कुसुन्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
चैत, १०, २०७९


ललितपुरको कुसुन्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १० चैत्र । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले ललितपुरको कुसुन्तीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सिनामंगल स्थित केएमसीले मनाेहरा नगरपालिका वडा नं. १३ र लाइफलाइन हेल्थ केयरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ५६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरी आवश्यक सल्लाह सुझाव समेत दिइएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ४२ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ६३ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ५ जनाको दाँत खोलिएको तथा २७ जनालाई थप उपचारार्थ ओ.टी. रेफर गरिएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका सर्वसाधारण जनताको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै, शिविरमा आएका जनतालाई केएमसीको स्वास्थ्य सेवाका बारेमा जानकारी गराइएको थियो । स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन लगायतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए ।

तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सहरदेखि दुरदराजमा रहेका सर्वसाधारण जनता लाभान्वित भइरहेका छन् ।















0 प्रतिकृया