Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


सुनसरी, मोरङ र झापाका ५ सय परीवारलाई निःशुल्क कम्बल वितरण

एक्सन खबर
चैत, ११, २०७९




सुनसरी, मोरङ र झापाका ५ सय परीवारलाई निःशुल्क कम्बल वितरण

सुनसरी, ११, चैत्र । निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीको पहलमा कोशी प्रदेशका तीन जिल्लामा कम्बल वितरण गरिएको छ । बुद्धिष्ट चुची च्यारिटिवल फाउण्डेशनसँगको सहकार्यमा सो क्षेत्रका ५ सय परिवारलाई कम्बल वितरण गरिएको हो ।

शनिबार र आइतबार बुद्धिष्ट चुची च्यारिटिवल फाउण्डेशनका प्रतिनिधिहरु आफैं आएर सुनसरी, मोरङ र झापाका स्थानीय तह, नागरिक र अस्पतालहरुमा निःशुल्क कम्बल वितरण गरेका हुन् । भगबती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकै बेला वितरण गर्ने भनिएता पनि विविध कारणले रोकिएको थियो ।

शनिबार फाउण्डेशनका प्रतिनिधिसहित गढी र बर्जु गाउँपालिकाका प्रमुख, उपप्रमुखहरु समेतको उपस्थितिमा सो क्षेत्रका गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरियो । बर्जु, गढी गाउँपालिका र इनरुवा नगरपालिका वडा नं. ७ चाँदवेलामा ४ सय थान कम्बल वितरण गरियो ।

त्यस्तै, शनिबार रंगेली नगरपालिकाको विरानगाउँ र झापाको दमकस्थित काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थलाई पनि कम्बल प्रदान गरिएको छ । रंगेली नगरपालिका विरानगाउँमा बरिष्ट मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, नगरपालिकाका प्रमुख दिलिपकुमार बगडिया, फाउण्डेशनका प्रतिनिधिहरुले सो क्षेत्रका दलित, मुसहर, ऋषिदेव समुदायका विपन्न नागरिकलाई कम्मल वितरण गरे ।

झापाको दमकमा भने फाउण्डेशनले निर्माणाधिन काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० थान कम्बलसहित २ थान अक्सिजन कन्सन्ट्रेसर वितरण गरेको छ ।  गढी तथा बर्जु गाउँपालिकाले फाउण्डेसनबाट प्राप्त कम्बल पालिकामा रहेका गरिब, विपन्न तथा दलित वस्तीका ज्येष्ठ नागरिकलाई वितरण गर्ने बताएका छन् । शुक्रबार ती पालिकाहरूमा केहि थान कम्बल वितरण गरी बाँकी कम्बलहरू पालिकालाई हस्तान्तरण गरिएकाे छ ।

विगत दुई दशकदेखि नेपालको शिक्षा, स्वास्थ्य, समुदायिक विकासका लागि काम गर्दै आइरहेको फाउण्डेशनले सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा गरिब, विपन्न सुकुम्बासीहरुका लागि नमुना बस्ती निर्माण गर्न संभाव्यता अध्ययन, जग्गा छनौट लगायतका विषयहरुमा पनि अवलोकन गरेको छ । सो क्षेत्रमा फाउण्डेशनले पालिकाहरुसँगको सहकार्यमा दुई हजार घर निर्माण गर्ने तयारी थालेको छ ।
























0 प्रतिकृया