यस्तो छ आज बस्ने प्रतिनिधि सभाको संभावित कार्यसूची
एक्सन खबर
काठमाडाैं, १२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोश्रो पटक संसदबाट विस्वासको मत लिएपछि पहिलो पटक प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै कानुन, न्याय तथा, संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
0 प्रतिकृया