प्रधानमन्त्री थ्री नेसन्स कपः नेपाल र भुटान भिड्दै
एक्सन खबर
काठमाडाैं, १४ चैत्र । नेपालले आज मंगलबार प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा साँझ ६ बजे हुने खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
पहिलो खेलमा लाओसलाई २-० ले हराएको नेपाल दाेश्राे खेलमा भुटानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ । तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरी भएपनि पुग्छ ।
यस्तै, फिफा वरियतामा नेपाल भन्दा पछि रहेकाे भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । तर, पहिलो खेलमा लाओससँग २-१ ले पराजित भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
भुटानविरुद्ध हालसम्म १२ पटक खेलिसकेको नेपाल अपराजित छ । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि ३ अंक बनाउँदा पुछारकाे भुटानले अंक जोड्न सकेको छैन ।
नेपालको बराबरी वा जितले लाअोस र नेपाल फाइनल पुग्नेछन् ।
0 प्रतिकृया