स्कुलमा गाेली चल्दा अमेरिकामा ३ बालबालिका सहित ६ जनाकाे मुत्यु
काठमाडौं, १४ चैत्र । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा एक युवतीले अन्धाधुन्द गाेली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा ती युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् ।
बीबीसीले उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।
कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु अध्ययनरत छन् । २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । प्रहरीका अनुसार उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण खुलेको छैन ।
0 प्रतिकृया