Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा माथि हुनुपर्छः डा. शेखर

एक्सन खबर
चैत, १४, २०७९


प्रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा माथि हुनुपर्छः डा. शेखर

काठमाडौं, १४ चैत्र । राष्ट्रियसभामा पेश भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमा प्रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा तल प्रस्ताव गरिएकोमा सत्तारूढ दलका नेताहरूबाटै विराेध भइरहेकाे छ ।

यसै क्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल्लो वरियतामा राख्न नहुने बताए । उनले रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा माथि हुनुपर्ने जिकीर गरेका हुन् ।

विधेयकमा प्रधानन्यायाधीशकाे वरियता संविधान विपरित भएकाे उल्लेख गर्दै डा. काेइरालाले कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत जान नहुने पनि बताएका छन् । ‘अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ,’ संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथिको मर्यादाक्रममा राखेको भन्दै कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो’, उनले भनेका छन् ।

राष्ट्रियसभामा पेश भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमा प्रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा तल प्रस्ताव गरिएको छ । डा. शेखरले संविधान निर्माणका क्रममा माओवादीले न्यायालयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव गरेको स्मरण गराएका छन् ।














0 प्रतिकृया