Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


प्रधानमन्त्री थ्रिनेसन्स कपः भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

एक्सन खबर
चैत, १४, २०७९


प्रधानमन्त्री थ्रिनेसन्स कपः भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं, १४ चैत्र । बैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका  दीपकराज सिंह ठकुरीले खेलकाे इज्नुरी समयमा बराबरी गाेल गरेपछि नेपाल प्रधानमन्त्री थ्रिनेसन्स कपकाे फाइनलमा प्रवेश गरेकाे छ । नेपाल काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हाे ।

नेपालले अब चैत्र १७ गते शुक्रबार फाइनलमा लाओसँग प्रतिष्पर्धा गर्नेछ । मंगलबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालसँग बराबरी खेलेसँगै जीत विहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा भुटानले १९ औँ मिनेटमा तेञ्जिङ नोर्बुकाे गाेलबाट अग्रता लिएकाे थियाे । उनले पहिलाे हाफकाे १९ औं मिनेटमा दावा छिरिङको कर्नरमा हेडर गोल गरे ।

पहिलाे हाफसम्म लय समात्न नसकेकाे नेपालले दाेश्राे हाफमा अट्याकिङ खेल खेल्दै भुटानलाई दबाबमा राख्न सफल भयाे । खेलकाे ५० औँ मिनेटमा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि मैदान प्रवेश गरेका दीपकराज सिंह ठकुरीले निर्धारित समयकाे अन्तिम मिनेटमा गाेल गरे । उनले निशान खड्काको कर्नरमा अनन्त तामाङको हेड मार्फत आएकाे बलमा गाेल गरे ।

नेपालसँग भुटानले १३ खेलपछि बराबरी गरेकाे छ । यसअघिका १२ खेलमा भुटान नेपालसँग पराजित भएकाे थियाे । नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायमै राखेको छ ।

प्रतियाेगितामा ४ अंक बटुल्दै नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा ३ अंकका साथ लाओस दाेश्राे स्थानमा रहँदै फाइनल पुगेकाे छ । नेपालसँग भुटान बराबरीमा रोकिएपछि लाओसकाे फाइनल यात्रा तय भएकाे हाे ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।
















0 प्रतिकृया