Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


मेस्सीकाे ह्याट्रिकमा अर्जेन्टिनाकाे शानदार जित

एक्सन खबर
चैत, १५, २०७९


मेस्सीकाे ह्याट्रिकमा अर्जेन्टिनाकाे शानदार जित

लन्डन, १५ चैत्र । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गरेका छन् । बुधवार बिहान कुराकावविरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गर्दै मेसीले अन्तर्राष्ट्रिय गोल शतक पुरा भएको हो ।

खेलमा अर्जेन्टिना ७–० गोलले विजयी भएको थियो भने मेसीले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफमै ३ गोल गरेका थिए । २० औँ मिनेटमा गरेको पहिलो गोलमा मेसीको सय गोल पुरा भएको थियो । त्यसपछि उनले ३३ र ३७ औँ मिनेटमा गोल गरे । उनको यो ३७औं ह्याट्रिक हो ।

निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गरे । निकोलस गोन्जालेजले २३औं मिनेटमा, एन्जोले ३५औं मिनेटमा गोल गर्दा ७८औं मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गरे । ८७औं मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई ७–० काे फराकिलो जित दिलाए ।

यसअघि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र सय गोल पुरा गरेका थिए । दाइ सय गोल पुरा गर्ने पहिलो खेलाडी थिए । हालसम्म रोनाल्डोले एक सय २२, दाइले एक सय ९ र मेसीले एक सय २ गोल गरेका छन् ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले एक सय ९८, दाईले एक सय ४८ र मेस्सीले एक सय ७४ खेल खेलेका छन् ।













0 प्रतिकृया