Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


एनएमसीमा आपतकालीन प्रसुति सम्बन्धी वर्कसप

एक्सन खबर
चैत, १६, २०७९


एनएमसीमा आपतकालीन प्रसुति सम्बन्धी वर्कसप

काठमाडौं, १५ चैत्र । नेपाल मेडिकल कलेजमा १६ औं आपतकालीन प्रसुति सम्बन्धी वर्कसप सुरु भएको छ । आज बुधबार कलेजमा बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालको अध्यक्षतामा भएको छ ।

दुई दिनसम्म चल्ने वर्कसपमा इन्टरनेशनल फ्याकल्टीहरुले आपतकालीन प्रसुतिका बारेमा सहभागीहरुलाई तालिम तथा प्रशिक्षण दिइरहेका छन् । तालिममा नेपाल मेडिकल कलेजका चिकित्सक, नर्स लगायतको सहभागीता रहेको छ ।

कलेजका अस्पताल इन्जार्च दिलिप साहले स्त्री तथा प्रसुति विभागका स्वास्थ्यकर्मीहरुलाई थप स्कील युक्त बनाउनका लागि वर्कसप गरिएको जानकारी दिए । ‘हाम्रा स्वास्थ्यकर्मीहरुलाई समय सापेक्ष स्कील युक्त बनाउन तालिमहरु दिइएको हो । इन्टरनेशनल रुपमा ख्यातीप्राप्त फ्याकल्टीहरुले हाम्रा स्वास्थ्यकर्मीहरुलाई आफ्ना अनुभवहरु शेयर गर्ने, इमरजेन्सी प्रसुतिलाई कसरी सहज गराउने विषयमा ज्ञान दिनुहुन्छ ।’ अस्पताल इन्चार्ज साहले भने ।  

वर्कसपमा इन्टरनेशनल फ्याकल्टीहरु डाक्टर थानेमलाई, डा. खु, डा. अहमद, डा. बास्केरान, डा. नुर्युजिलियाना, डा. सिम, डा. युडिपी रत्नसिरी मलेशिया, श्रीलंकाबाट प्रशिक्षक रहेका छन् । उनीहरुले प्रशिक्षार्थीलाई आपातकालीन प्रसुतिको बारेमा प्रशिक्षण दिइरहेका छन् ।

नेपाल प्रसुति तथा स्त्री रोग विशेषज्ञ समाजले नेपाल मेडिकल कलेजसँगै काठमाडौं मोडल हस्पिटलमा कार्यक्रम गरिरहेको छ ।















0 प्रतिकृया