Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


त्रिभुवन विमानस्थलबाट करिब ८ किलाे काेकिन सहित २ भारतीय महिला पक्राउ

एक्सन खबर
चैत, १६, २०७९


त्रिभुवन विमानस्थलबाट करिब ८ किलाे काेकिन सहित २ भारतीय महिला पक्राउ

काठमाडौं १६ चैत्र । ७ किलो ८८७ ग्राम कोकिन भारत लैजान लागेको अवस्थामा दुई भारतीय महिलालाई पक्राउ गरिएकाे छ । भारतको आसाम घर भएकी ५६ वर्षीया भनल्वामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  पक्राउ गरेको हाे ।

भने, भारतकै मोजोरम घर भएकी २९ वर्षीया ईस्थर ललिम्पुईलाई साेही दिन ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरिएकाे छ । लागु औषध नियन्त्रण ब्युरोका एसएसपी विकाश राज खनालका अनुसार अफ्रिकाबाट काठमाडौँ ल्याएको २ किलो ८८७ ग्राम कोकिन भारत लैजान लागेको अवस्थामा भनल्वामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हाे ।

अफ्रिकाको गिनी र बेनिनबाट ल्याइएको ७ किलो ८८७ ग्राम कोकिनको बजार मूल्य १७ करोड ३ लाख ५९ हजार पर्ने आंकलन गरिएको छ ।

खाना पकाउने ग्यास विस्फोट हुँदा घाइते भएकी भनल्वामीलाई काेकिन काराेबारीले उपचारकाे खर्च दिने भन्दै काराेबारमा संलग्न गराएका रहेछन् ।   भनल्वामी चैत २ मा इथियोपिया हुँदै अफ्रिका गएर त्यहाँकाे गिनीबाट कोकिन लिएर मोरक्को र कतारको दोहा हुँदै काठमाडौँ आइपुगेकि थिइन् । ठमेलस्थित एक होटलमा बसेर चैत १४ मा इन्डिगो एयरलाइन्स मार्फत दिल्ली उड्न लागेको अवस्थामा उनी पक्राउ परिन् । उपचारका लागि पैसाकाे खाँचाे भएर अफ्रिका गएकाे उनले प्रहरीसँग भनेकी छन् ।

प्रकाउ परेकी अर्की इस्थर ललिम्पुई कपडा पसलमा काम गर्ने गरेकी  कोकिन कारोबारीले उनलाई पश्चिम अफ्रिकन मुलुक बेनिनबाट सामान ल्याए १ लाख भारतीय रुपैयाँ दिने भनेकाे लाेभमा चैत ८ मा भारतबाट बेनिन हुँदै मोरक्कोबाट कतारको दोहा हुँदै काठमाडौँ आइपुगेकी हुन् । ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिन लिएर ठमेल पुगेपछि उनलाई पक्राउ गरेको छ ।

१ सय ग्राम भन्दा बढी कोकिन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद गर्ने कानुनी व्यवस्था छ । उनीहरूलाई २५ लाखसम्म जरिवाना हुने व्यवस्था रहेकाे प्रहरीले जनाएकाे छ ।













0 प्रतिकृया