Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयाेगशाला प्रारम्भ

एक्सन खबर
चैत, १६, २०७९


नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयाेगशाला प्रारम्भ

काठमाडाैं, १६ चैत्र । नेपाल इन्जिनियरिङ कलेजमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयाेगशाला प्रारम्भ भएकाे छ । पाेखरा विश्वविद्यालयले हालै परिमार्जन गरेकाे पाठ्यक्रम बमाेजिम विद्यार्थीलाई प्रयाेगात्मक सीप दिन उक्त नयाँ प्रयाेगशाला स्थापना भएकाे हाे ।

प्रयाेगशालामा इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलाेक्ट्राेनिक एण्ड कम्युनिकेसनमा पहिलाे सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले प्राक्टिस गर्नेछन् ।

एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयाेग गर्न मिल्ने गरी सञ्चालन गर्न आवस्यक सबै प्रयाेगात्मक सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेकाे कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

इलेक्ट्रिकल इन्स्टलेसन प्राक्टिक्स एण्ड सेफ्टी विषय घरबाहिर भन्दा पनि आवासीय घरभित्रकाे विद्युतीय सुरक्षा सम्बन्धी काेर्ष हाे । विद्युत प्राधिकरणबाट घरमा आएकाे विद्युतलाई मिटर हुँदै अर्थिनसम्म पुर्याउँदा कसरी व्यवस्थापन गर्ने ?  कसरी वत्ति र पावर सकेटमा कसरी कति लाइन दिने लगायतकाे पढाइ हुने कलेजका विषयगत शिक्षक बसन्त पन्चले जानकारी दिए ।

पाेखरा विश्वविद्यालयले इलेक्ट्रिक एण्ड इलाेक्ट्राेनिक्स र इलाेक्ट्राेनिक एण्ड कम्युनिकेसन विषयमा पहिलाे सेमेस्टरमा याे काेर्ष थप गरेकाे हाे । २ क्रेडिटकाे याे काेर्ष अन्य विश्वविद्यालयमा छैन । इलेक्ट्रिकल अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रयाेगात्मक ज्ञान हासिल गर्न याे काेर्ष निक्कै महत्वपूर्ण रहेकाे शिक्षक पन्चले जानकारी दिए ।

कलेजमा हाल विश्वविद्यालयकाे इलेक्ट्रिक एण्ड इलाेक्ट्राेनिक्स र इलाेक्ट्राेनिक एण्ड कम्युनिकेसनमा २८ जना विद्यार्थी अध्ययनरत छन् । सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई २८ वर्षदेखि सञ्चालित कलेजले इन्जिनियरिङका ६ वटा विधाहरूमा प्रयाेगात्मक शिक्षण विधिलाई बढी महत्व दिएर अध्ययन अध्यापन गराउँदै आएकाे छ ।
 
















0 प्रतिकृया