Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


पूर्वी पहाडी जिल्लाहरुमा स्वास्थ्य शिविर चलाउँदै फरवार्ड माइक्रोफाइनान्स

एक्सन खबर
चैत, १६, २०७९


पूर्वी पहाडी जिल्लाहरुमा स्वास्थ्य शिविर चलाउँदै फरवार्ड माइक्रोफाइनान्स

सुनसरी, १६ चैत्र । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पूर्वीपहाडी जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत आयोजित स्वास्थ्य शिविरहरुमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक सहित सयौं सर्वसाधारणको घुईंचो लागेको छ ।

फरवार्डले इलामको नेपालटारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । फरवार्डका सामान्य प्रशासन विभागका प्रमुख विनोद चौधरीका अनुसार नेपालटार परिवार नियोजन भवनमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका छन् ।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग, हाडजोर्नी, जनरल फिजिसिएन, आँखा रोग लगायत जाँच गरिएको थियो । शिविरमा सामान्य प्रकारका औषधीहरु निःशुल्क वितरण पनि गरिएको छ ।

यस्तै, पाँचथरको राँकेमा पनि फरवार्ड माइक्रोफाइनान्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले स्वास्थ्य जाँच गरिएको फरवार्डका सामान्य प्रशासन विभाग प्रमुख चौधरीले जानकारी दिए । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

स्वास्थ्य शिविरमा आएका सर्वसाधारणले गाउँघरमै दक्ष चिकित्सकबाट स्वास्थ्य जाँच गराउँन पाउँदा खुसी देखिन्थे ।




















0 प्रतिकृया