Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


पूर्वी पहाडी जिल्लाहरुमा स्वास्थ्य शिविर चलाउँदै फरवार्ड माइक्रोफाइनान्स

एक्सन खबर
चैत, १६, २०७९


पूर्वी पहाडी जिल्लाहरुमा स्वास्थ्य शिविर चलाउँदै फरवार्ड माइक्रोफाइनान्स

सुनसरी, १६ चैत्र । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पूर्वीपहाडी जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत आयोजित स्वास्थ्य शिविरहरुमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक सहित सयौं सर्वसाधारणको घुईंचो लागेको छ ।

फरवार्डले इलामको नेपालटारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । फरवार्डका सामान्य प्रशासन विभागका प्रमुख विनोद चौधरीका अनुसार नेपालटार परिवार नियोजन भवनमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका छन् ।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग, हाडजोर्नी, जनरल फिजिसिएन, आँखा रोग लगायत जाँच गरिएको थियो । शिविरमा सामान्य प्रकारका औषधीहरु निःशुल्क वितरण पनि गरिएको छ ।

यस्तै, पाँचथरको राँकेमा पनि फरवार्ड माइक्रोफाइनान्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले स्वास्थ्य जाँच गरिएको फरवार्डका सामान्य प्रशासन विभाग प्रमुख चौधरीले जानकारी दिए । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

स्वास्थ्य शिविरमा आएका सर्वसाधारणले गाउँघरमै दक्ष चिकित्सकबाट स्वास्थ्य जाँच गराउँन पाउँदा खुसी देखिन्थे ।




















0 प्रतिकृया