Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


‘थ्री नेसन्स’ फुटवलकाे उपाधि आयाेजक नेपाललाई

एक्सन खबर
चैत, १७, २०७९


‘थ्री नेसन्स’ फुटवलकाे उपाधि आयाेजक नेपाललाई

काठमाडाैं, १७ चैत्र । खेलकाे अन्तिम समयमा मनिष डाँगीकाे गाेलकाे मद्दतमा नेपालले ‘थ्री नेसन्स’ फुटवल काे उपाधि हात पारेकाे छ । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री 'थ्री नेसन्स' कपकाे उपाधि जितेकाे हाे ।

फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदा नेपालका लागि मनिष डाँगीसँगै आयुष घलानले  गाेल गरे । त्रिपुरेश्वर दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाए पनि खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याए ।

पहिलाे हाफ बराबरीमा सकिँदा दाेश्राे हाफमा नेपालले आक्रमक फुटवल प्रस्तुत गरेकाे थियाे । खेलकाे ८७ औँ मिनेटमा मनिष डाँगीले गाेल गर्दै नेपाललाई २–१ ले जिताए । नेपाल, लाओस र भुटान सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

खेलकाे म्यान अफ द म्याच नेपालका मनिष डाँगी घाेषित भए । आयुष घलान प्रतियाेगिताकै सर्वाेत्कृष्ठ खेलाडी घाेषित भए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकाे छ । दाेश्राे स्थान हासिल गरेकाे लाओसले २ हजार ५०० सय अमेरिकी डलर पुरस्कार पाएको छ । अपडेटः













0 प्रतिकृया