Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


मेडिकल कलेज सञ्चालन गर्न सरकारकाे पूर्ण सहयाेगः प्रधानमन्त्री

एक्सन खबर
चैत, १९, २०७९


मेडिकल कलेज सञ्चालन गर्न सरकारकाे पूर्ण सहयाेगः प्रधानमन्त्री

माेरङ, १९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले माेरङकाे गोठगाउँमा मेडिकल कलेज सञ्चालनमा सरकारकाे पूर्ण सहयाेग रहने बताएका छन् । विश्वविद्यालयकाे ११ औं दिक्षान्त समाराेहमा सहभागी हुदै उनले एमबीबीएस अध्ययनका लागि बाधा हटाउन सहयोग गर्ने पनि जनाए ।

नेपाल सरकार मेडिकल कलेज सञ्चालनका कानुनी जटिलतालाई हटाएर तत्कालै प्रक्रिया अगाडि बढाइ एबीबीएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन सुरु गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘मेडिकल कलेज सँगै यस क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ निरन्तर पहल र प्रयत्न भइरहेको छ । नेपाल सरकार कुनैपनि प्रकारकाे सहयाेग गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्रीले दिगो विकासका मोडलहरुको खोजी गर्नुपर्नेमा जोड दिँदै पृथ्वीमा भइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारको चुनौति र समस्या समाधानमा विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताए ।

‘विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ व्यापक बनाएर मानवजाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र संवर्द्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छ, साथै हामी बाँचेको पृथ्वीमा भइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारका चुनौतीहरू र समस्याहरूको समाधानमा विशेष ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ ।’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने पनि बताउँदै प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको युग भएकाले दक्ष जनशक्तिको उत्पादन गर्न विद्यालयहरुले जोड दिनु पर्ने जिकिर गरे । उनले भने, ‘हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान तथा सीप सिकाएर आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्छ, खोज तथा अनुसन्धान आविष्कार गर्न पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’

११ औं  दिक्षान्त समाराेहका अवसरमा ६ हजार ५१३ जना विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना विद्यार्थीलाई  दिक्षीत गरियाे ।

त्यस्तै, शिक्षा शास्त्र तर्फका ५०२ जना, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरियाे । दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जना समेत छन् ।














0 प्रतिकृया