रास्वपाबाट तनहुँ २ मा स्वर्णिमकाे उम्मेदवारी दर्ता
एक्सन खबर
तनहुँ, २० चैत्र । नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगकाे कार्यतालिका अनुसार उनले निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरे । घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए । मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपा सभापति रवि लामिछाने बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुगेका हुन् । वैशाख १० गते हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
तनहुँ २ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् । गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
0 प्रतिकृया