अनेमसंकाे साताैं राष्ट्रिय सम्मेलन आजदेखि
एक्सन खबर
काठमाडाैं, २५ चैत्र । नेकपा एमालेकाे प्रमुख संगठन अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । ‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान: समान सहभागिताका लागि सुदृढ सङ्गठन’ भन्ने मूल नाराका साथ आज र भोलि सातौँ राष्ट्रिय सम्मेलन काठमाडाैंमा हुन लागेको अनेमसंघले जनाएको छ ।
काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा अपराह्न १२:०० बजेबाट सुरु हुने सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाे छ ।
सङ्घका संयोजक थममाया थापाले सम्मेलनमा देशभरबाट एक हजार २ सय ६२ जना प्रतिनिधिहरू सहभागी हुने र आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन समेत गर्ने जानकारी दिइन् ।
सम्मेलनबाट सङ्घको नीति, कार्यक्रम तथा योजनाहरू समेत तय गर्ने भनिएकाे छ ।
0 प्रतिकृया