Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


जनताकाे बहुदलीय जनवाद नै समृद्ध नेपाल सुखी नेपालीकाे आधारः केपी शर्मा ओली

एक्सन खबर
चैत, २५, २०७९


जनताकाे बहुदलीय जनवाद नै समृद्ध नेपाल सुखी नेपालीकाे आधारः केपी शर्मा ओली

काठमाडाैं, २५ चैत्र । देशले ‘समृद्ध नेपाल सुखी नेपाली’ चाहिरहेको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसका लागि नेकपा एमालेले अगाडी सारेकाे जनताकाे बहुदलीय जनवाद नै प्रमुख विचार रहेकाे बताएका छन् ।  

शनिबार राजधानीमा अनेमसंघको सातौ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ विचारहरूकाे पनि विचार रहेको जिकीर गरे । ‘देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको छ । हाम्रो राष्ट्रिय आकांक्षा नेपाल समृद्ध हुनुपर्छ नेपाली खुसी हुनुपर्छ ।’ समृद्ध नेपाल सुखी नेपाली विचारहरूको पनि विचार, आजको जनताको बहुदलीय जनवाद भएकाे ओलीकाे भनाइ छ । एमाले फुटाएर पदको लोभ देखाउँदा समेत पार्टी बलियो बनाउन अनेमसंले निर्वाह गरेकाे भूमिकालाई धन्यवाद दिए ।

‘पार्टी जोगिएर देशको पहिलो पार्टी बनेर उभिन महिला दिदीबहिनीहरूको हात छ । महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु, एमाले फुटाउ केन्द्रीय कमिटी दिन्छु भनेको कोही पनि छैन होला । पार्टी फुटाउ पोलिटब्यूरो फलानाे भन्दै पद दिएका होलान् । तर पनि तपाईंहरू एमालेमा रहेका कारणले पार्टी बलियो बनेको छ ।’ ओलीले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताए ।

अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए । पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने जनाउँदै भने–‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो ग्रुप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला । एकछिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं ।’

ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताए । शनिबारबाट सुरू भएकाे अधिवेशनमा ७७ वटै जिल्लाबाट प्रतिनिधिहरूकाे सहभागीता रहेकाे छ । सम्मेलन भाेलीसम्म चल्नेछ ।














0 प्रतिकृया