Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


अनेमसंकाे केन्द्रीय कमिटीमा काे काे आए (नामावली सहित)

एक्सन खबर
चैत, २७, २०७९


अनेमसंकाे केन्द्रीय कमिटीमा काे काे आए (नामावली सहित)

काठमाडाैं, २७ चैत्र । नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसं) को अध्यक्षमा टुका हमाल चयन भएकी छिन् । काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेकी हमाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन् ।

सम्मेलनबाट उपाध्यक्षमा शर्मिला कार्की, डा.बिमला राई पौडेल, रूक्मणी राना, मेनुका काफ्ले, मेनुका पोख्रेल, सुमित्रा बिसी निर्वाचित भएका छन् । यस्तै महासचिवमा पेम्वा लामा चयन भएका छन् । उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्षमा इन्दिरा फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।

सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवी पुन, बिना ज्ञवाली, मीना रखाल र आशा बिकलाई चयन गरिएकाे छ ।

दश वर्षपछि भएको अनेमसंघको ७ औं राष्ट्रिय सम्मेलनबाट नेकपा एमालेका पदाधिकारी, स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्य पहिलो पटक नेतृत्वबाट बाहिरिएका छन् । एमाले केन्द्रीय कमिटीमा रहेका करिव १ सय महिला नेतृ अनेमसंघमा पनि रहँदै आएका थिए ।















0 प्रतिकृया