Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


बिस्काः जात्रा अर्थात् जिब्राे छेड्ने जात्राकाे राैनक (फाेटाे फिचर)

एक्सन खबर
चैत, २७, २०७९


बिस्काः जात्रा अर्थात् जिब्राे छेड्ने जात्राकाे राैनक (फाेटाे फिचर)

भक्तपुर २७ चैत्र । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको बिस्केट (बिस्काः) जात्रा साेमबारबाट सुरु भएको छ । जिब्रो छेड्ने जात्राको रुपमा चर्चित याे जात्रा साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन अनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको रथ तानिएको छ ।

उक्त रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने गरिन्छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिन्छ ।

हेर्नुहाेस फाेटाे फिचर























0 प्रतिकृया