डा. पशुपति चौधरीलाई सुप्रबल जनसेवाश्री
एक्सन खबर
काठमाडौं, १ बैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर पशुपति चौधरी सुप्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ चिकित्सक रहेका डा. चौधरीलाई स्वास्थ्य सेवा, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा अनवरत सेवा गरे वापत सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नयाँ वर्ष २०८० को अवसरमा शितल निवासमा आयोजित विशेष समारोहमा सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गरे । डा. चौधरी लामो समयदेखि प्रतिष्ठानमा चिकित्सकीय सेवामा कार्यरत छन् । डा. चौधरीले हाडजोर्नी, नसा रोग सम्बन्धी विभिन्न सोध अनुसन्धान गरेका छन् ।
डा. चौधरीसँगै असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री प्राप्त गरेका ९ सय ८२ जनालाई विभूषण प्रदान गरिएको छ ।
0 प्रतिकृया